राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्छु : उपाध्यक्ष अर्याल

काठमाडाैं | माघ २३, २०७९

राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्छु : उपाध्यक्ष अर्याल

काठमाडौं:  राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्ने बताउनुभएको छ ।सोमबार राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उपाध्यक्ष अर्यालले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्ने बताउनुभएको हो ।

 

‘‘मेरो भूमिका राष्ट्रिय सभालाई प्रभावकारी बनाउने कुराहरुमा एउटा एजेण्डा त्यो हो । प्रभावकारी नै छ पनि । सबै अनुभवी माननीयज्यूहरु हुनुहुन्छ । एउटा भोगाइ, अनुभव सबै बटुलिसकेको जस्तो लाग्छ मलाई राष्ट्रिय सभामा ।उहाँले भन्नुभयो, ‘‘त्यहाँ परिपक्व व्यवहार नै हुन्छ होला । तथापि त्यसमा अझ सहजीकरण के गर्दाखेरी अझ प्रभावकारी बनाउन सकिन्छ ? महिला माननीयज्यूहरुका बीचमा सहकार्यलाई कसरी विकास गरेर जाने यी तमाम चिजहरुमा सोच छ । मैले ०६२÷०६३ सालको आन्दोलनका अगुवाइ पनि गरेँ र त्यो बेलामा मैले एउटा पहल पनि गरेको थिएँ ।’’

 

उहाँले राष्ट्रिय सभाको भूमिकालाई प्रभावकारी बनाउनका लागि सहजीकरण गर्ने बताउनुभयो । उपाध्यक्ष अर्यालले राष्ट्रिय सभामा महिला सांसदहरुबीचको सहकार्यलाई विकास गर्दै जाने बताउनुभयो ।

 

आफू जिम्मेवारीमा रहँदासम्म कुनै पार्टी विशेषको पक्षमा नलागी समान व्यवहार गर्ने उहाँको भनाइ छ । त्यस्तै, महिलाहरुका लागि नयाँ नियम, कानुन बनाउने सन्दर्भमा पहलकदमी लिने उहाँले बताउनुभयो ।

 

‘‘देशभरिका महिलाहरुलाई सबै पार्टीका एकजुट गराएर लाने । मलाई आज सौभाग्य पनि हो उहाँहरुले भन्नुभयो, मलाई उठ्नु भन्नुभयो मलाई हजुरको विरुद्ध लड्न मन लागेन । सर्वसम्मत गराउनुपर्छ भनेर हामी महिलाहरु नै लाग्यौँ भन्नुभयो । त्यो खुशीको कुरा हो । म यहाँ रहँदाखेरी म यो पार्टी, ऊ पार्टीभन्दा पनि किनभने हामी सबैको योगदान छ, यो देशमा परिवर्तन लिएर आउने हरेक पार्टीका महिलाहरुले जुन योगदान गर्नुभएको छ ।,’’ उपाध्यक्ष अर्यालले भन्नुभयो, ‘‘कति यो ठाउँसम्म नआउँदै हराउनुभयो । सिद्दिनु भयो । कति शहीद हुनुभयो । ती तमामलाई सम्झेर हामीले प्रतिबद्धताका साथ काम गर्नेछौँ । बाँकी महिलाहरुका लागि के कति काम, नयाँ नियम कानुनह बनाउनसक्ने कुरामा पहलकदमी लिने र सहकार्यलाई बढाएर जाने । त्यसको नीतिगत पहलहरुमा भूमिका खेल्ने ।’’

 

उपाध्यक्ष अर्यालले आफूले विगतमा महिलाहरुका निम्ति गरेको कामका कारण सबै पार्टीका महिलाहरुले आफूलाई सर्वसम्मत रुपमा निर्वाचित गराउन भूमिका खेलेकाे बताउनुभयो । आफूलाई सर्वसम्मत बनाउने कुरामा महिला सांसदहरुले आफ्नो पार्टीलाई पनि प्रभावमा पार्न सकेकाले आफू निर्विरोध हुन सकेको उहाँको भनाइ छ ।

 

उहाँले भन्नुभयो, ‘‘हजुर सर्वसम्मत हुनुपर्छ भनेर उहाँहरुले नै धेरै पहल गर्नुभयो र आ–आफ्नो पार्टीका नेताहरुलाई कन्भिन्स् गर्ने कुरा जे भयो मलाई लाग्छ, मेरो सन्दर्भमा उहाँ अलि बायस हुनुहुन्न, पार्टी बायस पनि हुनुहुन्न र समग्रमा नेतृत्व गर्न सक्नुहोला भन्ने सोचले सायद मलाई सहयोग पनि गर्नुभयो मलाई । मभन्दा सक्षम नेत्रीहरू हुनुहुन्छ त्यहाँ । एउटा त्यो सदाशयता । मलाई सर्वसम्मत बनाउने कुरामा पार्टीलाई पनि उहाँहरुले प्रभावमा पार्नुभयो र म निर्विरोध हुने वातावरण बन्यो ।’’ उपाध्यक्ष अर्यालले आफूले कसैको पक्ष नलिई काम गर्ने कुरामा सबैको विश्वास रहेको बताउनुभयो । 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्